logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • गत एक वर्षमा जनावरको आक्रमणबाट २२ जनाको मृत्यु

    गत एक वर्षमा जनावरको आक्रमणबाट २२ जनाको मृत्यु

    5.8K
    Shares
    गत एक वर्षमा जनावरको आक्रमणबाट २२ जनाको मृत्यु

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    सोही वर्ष जङ्गली जनावरको आक्रमणबाट २४ जना गम्भीर घाइते भएका निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । त्यस्तै जनावरको आक्रमणबाट २९ जना सामान्य घाइते भएका उनले बताए । उनका अनुसार जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई निकुञ्जले प्रतिपरिवार रु १० लाखका दरले २२ जनाको परिवारलाई रु दुई करोड २० लाख राहत उपलब्ध गराएको छ ।

    गम्भीर घाइतेको उपचारका लागि निकुञ्जले रु २९ लाख ११ हजार ७७३ तथा सामान्य घाइतेको उपचारका लागि रु पाँच लाख ३७ हजार ९५४ उपलब्ध गराएको सहायक सूचना अधिकारी तिवारीको भनाइ छ । गत आवमा निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएका, घाइते भएका तथा स्थानीयको अन्नबाली र पशुधनको क्षतिबापत निकुञ्जले रु तीन करोड चार लाख ७३ हजार ३८७ राहत उपलब्ध गराएको तिवारीले जानकारी दिए ।

    निकुञ्जका पाँचवटै जिल्लामा गरेर जनावरको कारणबाट जम्मा ७२४ वटा घटना भएका र ती घटनामा रु तीन करोडभन्दा बढी राहत उपलब्ध गराइएको उनले बताए ।

    “जनावरको कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा हुने घटनाको क्षतिपूर्ति त हामी प्रदान गर्न सक्दैनौँ”,उनले भने, “यद्यपि पीडितको घाउमा मल्हम लगाउन भए पनि निकुञ्ज ऐनअनुसार केही राहतको व्यवस्था हुने गरेको छ ।” वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई प्रति व्यक्ति रु १० लाख तथा घाइतेको उपचार खर्च निकुञ्जले उपलब्ध गराउँदै आएको तिवारीले बताउनुभयो । त्यस्तै, जङ्गली जनावरले नष्ट गरेको अन्नबाली तथा पशुधनको समेत निकुञ्जले मूल्याङ्कन गरेर राहत उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

    गत वर्ष जङ्गली जनावरको आक्रमणबाट मध्यवर्ती क्षेत्रमा १४८ वटा पशुधनमा क्षति पुगेको भन्दै तिवारीले सो क्षतिबापत निकुञ्जले रु १७ लाख ८२ हजार राहत उपलब्ध गराएको बताए । त्यस्तै, गत वर्ष छ जनाको अन्न भण्डार गरेको स्थानमा जनावरले क्षति पु¥याएको थियो । घरगोठको क्षतिबापत रु एक लाख ४७ हजार ३०० तथा ४७६ जनाको अन्नबाली क्षतिबापत रु ३० लाख ३९ हजार ९०० क्षतिपूर्ति रकम निकुञ्जले उपलब्ध गराएको छ ।

    निकुञ्ज नवलपुर, नवलपरासी, चितवन, मकवानपुर र पर्सा जिल्लाको ९५२।६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । त्यस्तै यस निकुञ्जको मध्यवर्ती क्षेत्र यी पाँचवटै जिल्लाको ७२९।३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend