logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

    धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

    5.5K
    Shares
    धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

     

    काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले २४ साउन मंगलबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

    लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
    कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो ।

    कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये पाँच हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । सर्वसाधारणबाट बाँकी तीन लाख ९२९५ कित्ता सेयरका लागि आवेदन माग गरेको छ ।

    आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा छिटोमा २९ साउन र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा ७ भदौसम्म आवेदन दिने अवधि बढ्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

    आईपीओ निष्कासनका लागि कम्पनीले गराएको रेटिङमा क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले ‘केयर एनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

    पछिल्लो तिन आर्थिक वर्षको परिस्कृत वित्तीय विवरण अनुसार लघुवित्त लगातार नाफामा रहेको छ । आब २०७७/७८ को लेखापरीक्षण पछिको विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६६ पैसा रहेको छ ।

    हाल सात करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको चुक्ता पुँजी आईपीओ निष्कासनपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend