logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • सेयर बजार १६. ८२ अंकको गिरावट

    सेयर बजार १६. ८२ अंकको गिरावट

    1.2K
    Shares
    सेयर बजार १६. ८२ अंकको गिरावट

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १६ दशमलव ८२ अंकले घटेर २ हजार छ दशमलव ५२ को बिन्दुमा कायम भएको हो ।

    आज ३ सय १४ कम्पनीका ७२ लाख २३ हजार ७ सय ७३ कित्ता शेयर ५० हजार ५ सय २४ पटक खरिदबिक्री हुँदा रुपैँया २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ बराबरको कारोबार भएको छ ।

    सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ६४, उत्पादन तथा प्रशोधन एक दशमलव ५९ र होटल तथा पर्यटन समूह एक दशमलव १५ प्रतिशतले घटेको छ ।

    माछापुच्छ्रे डिभेञ्चर २०८७ को शेयर मूल्य ७ दशमलव ०९ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको रु १७ करोड ७३ लाख ६८ हजार २ सय ९५ बराबरको ५ लाख २७ हजार ९ सय २६ कित्ता शेयर किनबेच भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend