logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • आगामी निर्वाचनपछि सांसदको संख्या बढी हुने खतरा छः खगराज अधिकारी

    आगामी निर्वाचनपछि सांसदको संख्या बढी हुने खतरा छः खगराज अधिकारी

    6.1K
    Shares

    काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले आगामी निर्वाचनपछि संविधानले तोकेको सीमा भन्दा बढी सांसदहरु हुने जोखिम रहेको बताएका छन् । मंगलवार संसद बाहिर सञ्चारकर्मीहरु सँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

    सांसद अधिकारीले मनोनयन दर्ता गर्ने सांसदरुहको त्यसपछि समय सकिएपछि मनोनयन नगर्ने सांसदरुको समय आगामी फागुन २१ गतेसम्म रहने कुरा रहेको बताए । उनले कुनैपनि मनोनयन दर्ता नगराएका सांसद फागुन २१ गतेसम्म सांसद हुन पाउनुपर्छ भनेर मुद्दा हाल्न गएमा सांसदको संख्या संविधानले तोकेको भन्दा बढी हुने खतरा रहेको बताए । उनले आगामी निर्वाचनमा राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लडाईंमा र भूराजनीतिमा नेपालको अस्तित्व रहनेकी नरहने भन्ने लडाईंमा विदेशीका लागि कम्फरटेबल हुनेहरु र देशका लागि कम्फरटेबल हुनेहरुबीचको प्रतिष्पर्धा हुने बताए ।

    उनले भने, ‘हामी हाम्रो निर्वाचन चिन्हमा र हाम्रो विचारसँग सहमत हुने सबैलाई मुल ढोका खुला छ । राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लडाईंमा यो भूराजनीतिमा नेपालको अस्तित्व रहनेकी नरहने भन्ने लडाईंमा उहाँहरु विदेशीका लागि कम्फरटेबल हुनेहरु गठबन्धन गर्दै जान्छन्, हामी देशका लागि कम्फरटेबल हुनेहरु जो छौँ मिल्छौँ । हामी हाम्रै खुट्टामा उभिन्छौँ । हामीलाई वित्तिय गठबन्धन गर्नु छैन । मनोनयन दर्ता गरेपछि अवधि सकियो भन्नेछ, मनोनयन दर्ता नगर्नेको फागुन २१ गते भनेर व्याख्या गर्न बेर छैन । शपथ खाएको दिनसम्म भन्न बेर छैन । सांसदहरु एकै पटक धेरै हुने भए । तोकिएको संविधानको सीमा भन्दापनि बढी हुने भए । निर्वाचित भएर आएका र शपथ २१ गते भएकोले ती पनि हुनेभए । त्यो बेलासम्म हुन्छ भनेर मुद्दा हाल्यो भने यो अदालतले त ती पनि हुन् भन्ने भयो । यस्तो गन्जागोल यही गठबन्धनले पारेको हो ।’

    सांसद अधिकारीले आगामी संघ र प्रदेश सदस्य निर्वाचनमा आफ्नो निर्वाचन चिन्ह र विचारसँग सहमत हुनेहरुसँग कतिपय ठाउँमा मिलेर जाने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend