logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • दिनमै हजार नाध्यो कोरोना संक्रमितको संख्या, २ जनाको मृत्यु

    दिनमै हजार नाध्यो कोरोना संक्रमितको संख्या, २ जनाको मृत्यु

    2.6K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार बढी कोरोना संक्रमित थपिएका छन् भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ५ हजार ५९३ जना होम आइसोलेसनमा रहेका छन् भने २१३ जना संस्थागत आइसोलेसन र ६१ जना आईसीयूमा छन् ।

    यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३६ हजार ७६२ पुगेको छ । यस्तै १० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४० जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend