logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • सामाजिक सञ्जालमा महिलालाई हैरान पारेको आरोपमा एकजना पक्राउ

    सामाजिक सञ्जालमा महिलालाई हैरान पारेको आरोपमा एकजना पक्राउ

    6.7K
    Shares
    सामाजिक सञ्जालमा महिलालाई हैरान पारेको आरोपमा एकजना पक्राउ

     

    काठमाडौं । सामाजिक सञ्जालमा महिलाको अपमान र हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले महिलालाई सामाजिक सञ्जालमार्फत् हैरानी तथा अपमान गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

    ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमन राजथलालाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

    उनले सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाएको प्रहरीले जनाएको छ। त्यसपछि उनले महिलालाई साथी बनाएर संवाद गर्ने क्रममा अश्लिलता प्रदर्शन गरेको आरोप छ।

    त्यसपछि उनले त्यसैको स्क्रिनसट लिएर महिलालाई थप मानसिक यातना दिएको प्रहरी उपरीक्षक रायले बताए। बेइज्जत गरिदिन्छु भनेर फेरि बाध्य पारी पीडित महिलालाई समेत प्रदर्शन गर्न लगाएको प्रहरीले जनाएको छ।

    त्यसपछि उनले पुनः ब्ल्याकमेलिङ गरी आर्थिक लाभ लिन खोजेको तर त्यो पूरा नभएपछि अश्लिल तस्बिरहरू पीडितका आफन्त तथा साथीहरूलाई समेत पठाएर महिलालाई मानसिक यातना तथा दुस्ख हैरानी दिएको प्रहरीले जनाएको छ।

    राजथलाविरूद्ध जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति समेत लिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend