logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • यी ५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै 

    यी ५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै 

    6.4K
    Shares
    यी ५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप दिइँदै 

     

     काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो ।

    यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ ।

    कुन–कुन जिल्लाका बालबालिकाले खोप पाउँछन् ?

    मन्त्रालयका अनुसार ५० जिल्लाहरुमध्ये प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम, उदयपुरका बालबालिकालाई फाइजर खोप दिइने छ ।

    मधेश प्रदेशका बारा, रौतहट र सर्लाही तथा बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकका बालबालिकालाई खोप दिइँदैछ ।

    त्यसैगरी गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङजा र तनहुँ तथा लुम्बनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व जिल्लाका बालबालिकालाई पनि कोभिडविरद्धको खोप दिन लागिएको छ ।

    कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसअघि २७ जिल्लाका बालबालिकाहरुलाई सरकारले फाइजर खोप दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend