logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • एनएमबी बैंकद्वारा सबै प्रदेशमा महिला मात्र कर्मचारीहरु भएका शाखाको विशेष घोषणा, यी हुन् नेतृत्व गर्ने महिला शाखा प्रमुखहरु

    एनएमबी बैंकद्वारा सबै प्रदेशमा महिला मात्र कर्मचारीहरु भएका शाखाको विशेष घोषणा, यी हुन् नेतृत्व गर्ने महिला शाखा प्रमुखहरु

    9K
    Shares
    एनएमबी बैंकद्वारा सबै प्रदेशमा महिला मात्र कर्मचारीहरु भएका शाखाको विशेष घोषणा, यी हुन् नेतृत्व गर्ने महिला शाखा प्रमुखहरु

    काठमाडौँ – एनएमबी बैंकले सातवटै प्रदेशहरुमा महिलाले नेतृत्व गरेको र महिला मात्र कर्मचारीहरु भएको शाखाहरुको घोषणा गरेको छ ।

    सोमबार एक कार्यक्रमको आयोजना गरी बैंकले महिला सशक्तिकरणलाई जोड दिँदै सबै प्रदेशहरुमा महिला कर्मचारीहरु मात्रै भएका शाखाहरुको घोषणा गरेको हो ।

    महिला शशक्तिकरणमा सक्रिय भएर विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका प्रदान गरेका महिलासंगको अन्तरक्रियात्मक कार्यक्रम पछि महिला मात्र कर्मचारी भएको शाखाहरुको घोषणा गर्दै एनएमबी बैंकका सिईयो सुनिल केसीले सुनिल केसी अब हरेक प्रदेशमा महिलाले नेतृत्व गरेका र महिला कर्मचारी मात्र हुने शाखा एक एक वटा शाखा रहने बताउनु भयो।

    नेपाली बैकिङ इतिहासमै एनएमबी बैंकका महिला कर्मचारी मात्र भएका शाखाको प्रदेश १ को टंकिसिनुवारीमा रहेको शाखा प्रमुख सोबिता पन्थी, मधेश प्रदेशमा महोत्तरी शाखाको शाखा प्रमुखको रुपमा मल्लिका ठाकुर , वाग्मतीमा बल्खु शाखाको शाखा प्रमुखको रुपमा प्रफुल्ला मानन्धर, गण्डकीमा चाउथे शाखाको शाखा प्रमुख हिम कुमारी गुरुङ, लुम्बिनीमा भलबारीको शाखा प्रमुखको रुपमा सिता भुषाल त्यसैगरी सुदूरपश्चिमको धनगढी शाखा नन्दकुमारी भण्डारी ले नेतृत्व गर्नु हुनेछ ।

    महिला कर्मचारी मात्र रहने शाखा प्रमुख बनेपछि वाग्मतीको बल्खु शाखाको शाखा प्रमुख प्रफुल्ला मानन्धरले एनएमबी बैंकले केटाहरु नै बैंक म्यानेजर हुनुपर्छ भन्ने मान्यता नराखेको र आजको दिनमा बल्खु शाखा माहिला मात्र भएको हो तर एनएमबी बैंकका धेरै शाखामा महिलाले नेतृत्व गरेको बताउनु भयो।

    एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    कार्यक्रमका थप फोटो फिचर 

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend