logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • कोरियामा एकैदिन थपिए १ लाख ५० हजार कोरोना सङ्क्रमित

    कोरियामा एकैदिन थपिए १ लाख ५० हजार कोरोना सङ्क्रमित

    5K
    Shares
    कोरियामा एकैदिन थपिए १ लाख ५० हजार कोरोना सङ्क्रमित

    काठमाडौं । दक्षिण कोरियामा दिन प्रतिदिन कोरोनाका बिरामी बढिरहेका छन् । सोमबार मध्यरातसम्मको अभिलेखअनुसार हिजो मात्र एकलाख ५० हजार दुई सय ५८ नयाँ कोभिड–१९ का बिरामी थपिएका छन् । योसँगै देशमा कारोना पीडित हुनेको सङ्ख्या दुई करोड २४ लाख ४९ हजार चार सय ७५ पुगेको स्वास्थ्य अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।

     

    कोरियाली रोग नियन्त्रण र रोकथाम निकायका अनुसार गत आइतबार ५९ हजार ४६ जनामा तथा अघिल्लो साता अधिकतम ८४ हजार एक सय तीन जनामा पुष्टि भएको सङ्क्रमण सोमबार ह्वात्तै बढेको हो ।

    सङ्क्रमणबाट सोमबार ५२ जनाले ज्यान गुमाएका छन् । देशमा कोभिड सङ्क्रमणका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या २६ हजार एक सय ६१ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend