logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • तीजको मौलिकता कायम राख्न आवश्यकः मुख्यमन्त्री शाही

    तीजको मौलिकता कायम राख्न आवश्यकः मुख्यमन्त्री शाही

    11.9K
    Shares
    तीजको मौलिकता कायम राख्न आवश्यकः मुख्यमन्त्री शाही

    कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरितालिका तीजको मौलिकता कायम राख्दै भड्किलोपन एवं खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताएका छन् । तीजको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भड्किलोपन हटाउन सके पर्वको सांस्कृतिक महत्वको जगेर्ना हुने विश्वास व्यक्त गरे ।

    मुख्यमन्त्री शाहीले तीज पर्वले समाजमा विद्यमान लैंगिक, जातिय विभेदलगायत सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुन उत्पे्ररित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । सन्देशमा भनिएको छ, “तीजले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको छ, यसको आफ्नै मौलिकता छन्, चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ ।” साथै मुख्यमन्त्रीले यस्ता धार्मिक÷सांस्कृतिक पर्वले नेपालीहरुको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावकायम गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

    खासगरी हिन्दु महिलाहरुले भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्वमा भगवान शिवको आराधाना गर्दै शौभाग्य, दीर्घायू र पारिवारिक सुखको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend