logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • ट्राफिक चेकिङः मापसे गरी भाडाको ट्याक्सी चलाउने २ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा

    ट्राफिक चेकिङः मापसे गरी भाडाको ट्याक्सी चलाउने २ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा

    10.6K
    Shares
    ट्राफिक चेकिङः मापसे गरी भाडाको ट्याक्सी चलाउने २ जना चालकलाई अभद्र व्यवहारमा मुद्धा

     

    काठमाडौं । मदिरा सेवन गरि गएराती भाडाको ट्याक्सी चलाउदै गरेका २ जना चालकलाई ट्राफिक प्रहरीले आवश्यक कारवाहीको लागी सम्बन्धित वृतहरूमा पठाएको छ । काठमाडौंको सुकेधाराबाट गएराती ९ बजे पक्राउ परेका बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ बर्षीय विकास सुनारलाई महाराजगंज वृत पठाइएको छ ।

    यस्तै, काठमाडौंको कीर्तिपुरबाट बा २ ज ६५४ नम्बरको ट्याक्सी चलाउदै गरेका ललितपुर उपमहानगरपालिका ९ बस्ने ४६ बर्षीय राजेन्द्र महर्जनलाई पनि गएराती साढे ९ बजे नियन्त्रणमा लिएर प्रहरी वृत्त कीर्तिपुर बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।

    मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा आवश्यक कागजपत्र नदिनुका साथै ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार समेत गरेका थिए । प्रहरी वृत्तहरूमा बुझाइएका दुवै चालकलाई अभद्र व्यवहारको कसुरमा मुद्धा चलाउन म्याद थपका लागि आजै जिल्ला अदालत पठाइएको छ ।

    सार्वजनिक सवारी साधनका चालकहरुले मापसे गरेर सवारी साधन चलाउन थालेपछि दुर्घटनाको जोखिम बढेकाले सम्भावित दुर्घटनालाई रोक्नका लागी ट्राफिक चेकजाँचलाई तिव्रता दिईएको समेत प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक भट्टले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend