logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • आजको मौसमः पाँच प्रदेशमा वर्षाको सम्भावना, कहाँ कस्तो रहनेछ ?

    आजको मौसमः पाँच प्रदेशमा वर्षाको सम्भावना, कहाँ कस्तो रहनेछ ?

    12.6K
    Shares
    आजको मौसमः पाँच प्रदेशमा वर्षाको सम्भावना, कहाँ कस्तो रहनेछ ?

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । साथै प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

    सोमबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक–दुई स्थानहरूमा मेघ गर्जन–चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend