logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नक्कली नोटसहित भारतीय युवक पक्राउ

    नक्कली नोटसहित भारतीय युवक पक्राउ

    10.9K
    Shares
    नक्कली नोटसहित भारतीय युवक पक्राउ

     

    काठमाडौं । सिरहामा नक्कली नोटसहित भारतीय युवक पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट नेपाली रुपैयाँ ५ सय दरको ४ थान नक्कली नोटसहित भारत घर भएका १९ वर्षीय राजु सहनीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

    बडहरीस्थित दशगजामा लागेको इन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनी सवार बीआर ३२ एएफ ५१०१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend