logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध

    सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध

    12K
    Shares

    पाल्पा । निरन्तरको वर्षासँगै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । वर्षासँगै तिनाउ गाउँपालिकास्थित पौठेडाडाँमा ढुंगासहित र रम्भा ३ सेरामा लेदोसहितको पहिरोले आवागमन बन्द भएको प्रहरीले जनाएको छ ।

    पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले दिए । सडक डिभिजन पाल्पाको स्काभेटर मगाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    सोही राजमार्गको तिनाउ ५ स्थित हिउँदे खोलामा सडक फेरि भासिएको छ । यसअघि पूर्ण रुपमा सडक भासिएर बनाइएको नयाँ डाइभर्सनन पनि केही भासिएको र निरन्तर पानी परेमा माथिबाट समेत पहिरो खस्ने जोखिम रहेको प्रमुख मल्लले बताए ।

    कमजोर भु भाग रहेको र चुरे क्षेत्रमा धेरै पानी परेका कारण यो सडक भासिने र पहिरो जाने समस्या देखिएको छ । बुधबार बेलुकादेखि  निरन्तर पानी परेका कारण अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको हुँदा सावधानी अपनाएर अत्यावश्यक काममा मत्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend