logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहिन संघर्ष समितिको धर्ना

    नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहिन संघर्ष समितिको धर्ना

    10K
    Shares
    नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहिन संघर्ष समितिको धर्ना

    काठमाडौं । नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै नागरिकता विहिन संघर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणिकरण गर्नुपर्ने माग गर्दै नागरिकता विहिन संघर्ष समितिले माइतिघर मण्डलामा धर्ना दिएको हो ।

    नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भएपनि उनले हालसम्म प्रमाणिकरण गरेकी छैनन् । संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफुहरु नेपाली नागरिकता विहिन हुँदा अनेकौँ सास्ती बेहोर्नु परेको बताए । उनले आफुहरु नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहेपनि हालसम्म मागको सम्बोधन नभएको बताए । सरकारले आफुहरुको संविधानसम्मत् मागलाई पुरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्नुपर्ने उनले बताए ।

    धर्नामा सहभागिहरुले आफुहरुको भविष्यमाथि खेलवाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend