logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको छः सञ्चारमन्त्री कार्की

    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको छः सञ्चारमन्त्री कार्की

    10.8K
    Shares
    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको छः सञ्चारमन्त्री कार्की

    काठमाडौं । सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको बताएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुवै निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको जानकारी गराएको हो ।

    हामी निष्कर्षको नजिक पुगेको भन्दै काँग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भोली (बुधबार) बिहान ८ बजेपनि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । उनले प्रतिनिधिसभाका १६५ सिट मध्ये करिव ८० प्रतिशत टुंगो लागेको प्रतिक्रिया समेत दिए । चाँडै सहमती गरेर आफूहरुले सञ्चार माध्याममार्फत् देशलाई जानकारी गराउने पनि बताउनु भयो । मन्त्री कार्कीले भने, ‘अव हामी निष्कर्षको नजिकमा पुगेका छौं । र, त्यो निष्कर्षका निमित्त छलफल भईराखेको छ । भोली फेरी ८ बजे बैठक जारी छ । करिव करिव १६५ सिटमा ८० प्रतिशत हामी सहमतीको नजिक पुगेका छौं । र, त्यो चाँडै नै सहमती गरेर यहाँहरुमार्फत् हामी सार्वजनिक गर्छौ ।’

    यसैबीच, मन्त्री कार्कीले नागरिकतासम्बन्धि विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास समेत व्यक्त गरे । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘अव राष्ट्रपतिजीले संविधानतः प्रमाणीकरण गर्नु हुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ । आज अन्तिम दिन हो, टाईम छ, हेरौं ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend