logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • घरमा काम गर्न राखेकी ११ वर्षीया बालिकामाथि घरमुलीले यौन दुर्व्यवहार गरेको आरोप

    घरमा काम गर्न राखेकी ११ वर्षीया बालिकामाथि घरमुलीले यौन दुर्व्यवहार गरेको आरोप

    4K
    Shares

    दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको छ । घोराही–१३ का ऋषि पोखरेल विरुद्ध घरमा काम गर्न राखेकी ११ वर्षीया बालिकामाथि पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले जानकारी दिए ।

    ‘अहिलेसम्म यौन दुर्व्यवहार भएको उजुरी परेको छ’ प्रहरी प्रमुख वलीले भने, ‘यौन दुर्व्यवहार हो की करणी नै हो भन्ने कुरा अनुसन्धान गरिरहेका छौं ।’ प्रहरी प्रमुख वलीका अनुसार आरोपी पोखरेलले आफ्नो घरमा काम गर्न बसेकी बालिकामाथि पटक पटक यौन दुर्व्यवहार गर्दै आएको भन्दै पीडितले जाहेरी दिएकी थिइन् ।

    पीडितले दिएको जाहेरीका आधारमा आरोपी पोखरेलको खोजी कार्य भइरहेको जनाएको छ । पीडितको परिवारले भने मुद्दामा यौन दुर्व्यवहार भनिएपनि बालिकामाथि करणी नै भएको बताउँछ ।पीडित परिवारका अनुसार बालिका पोखरेलको घरमा गत वैशाखदेखि काम गर्न बसेकी थिइन् । पोखरेलले बालिकालाई असार यता पटक पटक धाक धम्की देखाएर करणी गर्दै आएको पीडित परिवारको भनाई छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend