logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बीवाईडीको बहुप्रतिक्षित ‘एटो ३ ’ पोखरामा सार्वजनिक, के–के छन् सुविधा ?

    बीवाईडीको बहुप्रतिक्षित ‘एटो ३ ’ पोखरामा सार्वजनिक, के–के छन् सुविधा ?

    6.6K
    Shares

    पोखरा- प्राकृतिक र पर्यटकीय सहर पोखरामा विद्युतीय कार कम्पनी बिवाईडीको सुविधासम्पन्न सोरुम सञ्चालनमा आएको छ । सोरुम सञ्चालनसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बिवाईडीको एटो ३ कार पनि सार्वजनिक भएको छ ।

    गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले बिवाईडीको सोरुम उद्घाटन गरेका हुन् । सोही अवसरमा मन्त्री खड्कासहित नेपाल अटोमोबाइल्स डिलर एशोसिएसनका अध्यक्ष ध्रुव थापा, नेपालका लागि बिवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले बिवाइडीको एटो ३ लाई पोखरेली अटोपारखी माझ सार्वजनिक गरे ।

    बिवाइडीका लागि पोखराको आधिकारी बिक्रेता प्लगइन अटोमोबाइल्सले यूनिक फिचर्स र डिजाइनमा बनेको इभी कार एटो ३ घरेलु बजारमा उतारेको हो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युतीय गाडी प्रबर्द्धनमा प्रदेश सरकार सधैं लागि रहेको बताउँदै इभीका लागि आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । पोखरा पर्यटकीय र वातावरमैत्री सहर भएकाले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको हुनाले निजी क्षेत्रलाई सँधै सहयोग गर्न सरकार रहेको मन्त्री खड्काले बताए ।

    नाडाका अध्यक्ष ध्रुव थापाले विश्वको नम्बर एक कम्पनी बिवाईडीको कार पोखराको सहरमा आउनु सुखद भएको बताए । अबको युग इभीको युग भएकाले अबको ३ वर्षभित्र ५० प्रतिशत बजारहिस्सा इभीको हुने थापाले बताए ।

    साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले वातावरणका लागि आवश्यक विद्युतीय गाडीका लागि सरकारले गम्भीर भएर सोच्नुपर्ने बताइन् । ‘हाम्रा हिमालहरु पग्लिएका छन्, प्रदुषण बढ्दो छ, हामी जलविद्युतमा धनी छौं त्यसैले इभी गाडीलाई सरकारले प्रोत्साहन गर्नुपर्छ,’ उनले भनिन् ।

    साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले एटो ३ को विशेषता र सुविधाका बारेमा जानकारी दिएका छन् ।  चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स (बिवाइडी) को एटो ३ लाई बहुप्रतीक्षित प्रिमियम एसयुभी मानिन्छ । पोखराका कर्पोरेट हस्ती, सामाजिक व्यक्तित्व र सञ्चारकर्मीकाबीच सार्वजनिक भएकै दिन ४ वटा गाडी बुकिङ भएको कम्पनीका प्रबन्ध निर्देशक ओम उपाध्यायले जानकारी दिए ।

    आकर्षक फिचर र लक्जरीयस सुविधाका कारण विश्व बजारमा लोकप्रिय भएको एटो ३ ले पोखरेली उपभोक्ताहरुको मन पनि छिट्टै जित्ने विश्वास कम्पनीका अध्यक्ष प्रकटकुमारले बताए । एटो ३ मा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ । बिवाइडीले तयार पारेको ब्लेड ब्याट्रीले कारलाई पूर्ण सुरक्षित पारेको छ ।

    एटो ३ एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्छ । नेपालमा उपलब्ध बिवाईडीका कारमध्ये एटो ३ मा सबैभन्दा शक्तिशाली मोटर जडित छ । यसको एक्सिलेरेसन पावर झन उत्कृष्ट छ । एटो ३ ले ७.३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्छ ।

    एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ । त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि यसमा उपलब्ध छ ।

    एटो ३ को बाहिरी डिजाइन आकर्षक छ । थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन् । एटो ३ को मूल्य कम्पनीले ८९ लाख ९० हजार राखेको छ । पोखरामा यसअघि बिवाईडीको ई ६ कारको पनि बिक्री वितरण गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend