logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • पाकिस्तानी प्रधानमन्त्री,गृहमन्त्री तथा सेनालाई लगाए इमरान खानले आफुलाई गोली हानेको आरोप

    पाकिस्तानी प्रधानमन्त्री,गृहमन्त्री तथा सेनालाई लगाए इमरान खानले आफुलाई गोली हानेको आरोप

    3.8K
    Shares

    काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफूमाथि भएको हमलाका लागि वर्तमान प्रधानमन्त्री, गृहमन्त्री र पाकिस्तानी सेनाका एक जनरललाई मुख्य जिम्मेवार ठहर गरेका छन्। बिहीबार गुजरानवालामा इमरान खानमाथि एक आक्रमणकारीले गोली हानेर घाइते बनाएका थिए। उक्त हमलामा खानको पार्टीका एक कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य केही नेता कार्यकर्ता घाइते भएका थिए ।

    लाहोरको शौकत खानम अस्पतालबाट जनताका नाममा सम्बोधन गर्दै खानले तीन जनामाथि हमलाको प्रत्यक्ष आरोप लगाएका छन्। बिबिसीका अनुसार खानले प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र आईएसआई प्रमुख मेजर जनरल फैसल नसिरले उनको हत्याको षड्यन्त्र रचेको बताएका छन्।

    यसैबीच पाकिस्तानी सेनाको मिडिया विंग आईएसपीआरले भने खानको आरोपलाई निराधार र गैरजिम्मेवारपूर्ण भनेको छ। एक विज्ञप्ति निकाल्दै पाकिस्तानी सेनाले झुटा आरोप लगाउनेमाथि कारबारी गर्न सरकारलाई अनुरोध गरेको छ। ‘सेना र यसका अधिकारीहरू विरुद्ध झूटा आरोपका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध कानुनी कारबाही गर्न पाकिस्तान सरकारलाई अनुरोध गरिएको छ,’ पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले पनि खानको आरोप अस्वीकार गरेका छन्। प्रधानमन्त्री शाहबाज सरिफले घटनाको दिन निन्दा गर्दै छानबिनको आदेश दिइसकेका छन्। केही दिनअघि पाकिस्तानको निर्वाचन आयोगले खानलाई चुनाव लड्न प्रतिबन्ध लगाइदिएको थियो। गत अप्रिलमा बहुमत गुमाएपछि खानले संसद विघटन गरेर नयाँ चुनाव घोषणा गरेका थिए। सर्वोच्च अदालतले उनको निर्णय उल्ट्याइदिएपछि उनी प्रधानमन्त्री छोड्न बाध्य भएका थिए।

    सत्ता छोड्नु परेपछि उनले विदेशीको इशारामा आफ्नो सरकार ढालेको भन्दै विभिन्न सहरमा र्‍याली गर्दै आएका छन्। प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णय विरूद्ध पनि उनले कानुनी उपचार खोज्ने बताएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend