logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • चिनियाँ प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

    चिनियाँ प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

    4.5K
    Shares
    चिनियाँ प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

    एजेन्सी । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुका बीचमा बहुपक्षी विषयका साथै जलवायु परिवर्तनका विषयमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा उनीहरुका बीचमा विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसंघको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ ।

    चीन संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका साथै विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा संयुक्त राष्ट्रसंघसँग निरन्तर सम्पर्कमा रहिरहने पनि प्रधानमन्त्री खछ्याङले जानकारी दिएका थिए । तेस्रो विश्वका देशहरूलाई ऋण तथा अन्य आर्थिक सहायताका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले सहजीकरण गरिरहेको र यसमा अझै सहयोग पुर्याउनुपर्ने पनि सो अवसरमा चिनियाँ प्रधानमन्त्रीले जोड दिएका थिए ।

    त्यस भेटका अवसरमा महासचिव गुटरेसले विश्वमा जलवायु परिवर्तनका क्षेत्रमा पर्दै गएको असरका बारेमा चीनसँग आफ्ना धारणा राखेका थिए । यसतर्फ विश्वलाई नै सचेत गराउनुपर्ने आवश्यकता रहेकोमा महासचिव गुटरेसले चिनियाँ प्रधानमन्त्री खछ्याङको ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend