logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • पार्टी नेतृत्वका लागि अर्को कंग्रेसमा फेरि प्रतिष्प्रर्धा गर्दिनः पेलोसी

    पार्टी नेतृत्वका लागि अर्को कंग्रेसमा फेरि प्रतिष्प्रर्धा गर्दिनः पेलोसी

    3.2K
    Shares
    पार्टी नेतृत्वका लागि अर्को कंग्रेसमा फेरि प्रतिष्प्रर्धा गर्दिनः पेलोसी

    न्युयोर्क । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले बिहीबार मध्यावधि चुनावपछि डेमोक्र्याटहरूले तल्लो सदनमाथिको नियन्त्रण गुमाएपछि अर्को संसदमा पार्टी नेतृत्व पदका लागि पुनः चुनाव नलड्ने बताएकी छिन् ।

    “यस फ्लोरमा उभिनु र सान फ्रान्सिस्कोका जनताका लागि बोल्नु भन्दा मेरो लागि कुनै ठूलो आधिकारिक सम्मान छैन । म यो सदनको सदस्यको रूपमा काम गरिरहनेछु,“ पेलोसीले भनिन् ।

    ‘म अर्को कांग्रेसमा लोकतान्त्रिक नेतृत्वको लागि पुनः चुनावमा जाने छैन’, उनले थपिन् । पेलोसीले नयाँ पुस्ताले लोकतान्त्रिक बैठकको नेतृत्व गर्ने समय भएको बताउँदै आएकी छिन् । सन् २०१८ मा पेलोसीले एक अनौपचारिक सम्झौतामा  सभामुखको रुपमा आफ्नो कार्यकालय चार वर्षमा सीमित गरेकी थिइन् ।
    मध्यावधि निर्वाचनपछि डेमोक्र्र्याट्सले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आफ्नो बहुमत गुमाएका छन् । रिपब्लिकनले अल्पसंख्यक नेता केभिन म्याक्याथेलाई  सभामुखको रुपमा मनोनयन गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend