logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बझाङमा ३ बजेदेखि मात्रै मतगणना हुने

    बझाङमा ३ बजेदेखि मात्रै मतगणना हुने

    3.1K
    Shares
    बझाङमा ३ बजेदेखि मात्रै मतगणना हुने

    बझाङ । बझाङ निर्वाचन सम्पन्न भएको २ दिनसम्म पनि मतगणना सुरू हुने सकेको छैन । कतिपय क्षेत्रको मतगणना सम्पन्न भइसक्दा समेत बझाङमा गणना नै सुरू हुन सकेको छैन ।

    सर्वदलीय बैठकले दिउँसो ३ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा मत गणना सुरू गरिनेछ । दुर्गम क्षेत्रका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको छ । जसले गर्दा मतगणनामा ढिलाई भएको हो ।

    मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले तीन बजेटबाट मत गणना सुरू गरिने बताए । सर्वदलीय बैठक बसेर तीन बजेबाट मत गणना गर्ने निर्णय गरेको उनको भनाई छ । प्रतिनिधिसभा सदस्य तर्फ १ निर्वाचन क्षेत्र रहेको बझाङमा ४ वटा मत गणना स्थलमार्फत मत गणना हुनेछ ।

    त्यस्तै २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेशसभा तर्फ पनि २/२ वटा मतगणनास्थल बनाएर मतगणना गरिने उनको भनाई छ । मतगणनाको लागि आवश्यक पर्ने कर्मचारी लगायत अन्य व्यवस्थापनको काम भइरहेको छ । सबैभन्दा विकट मानिने साइपाल गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम चैनपुर ल्याइएको थियो । मत गणना गर्न आवश्यकता अनुसार कर्मचारी बढाउन सकिने उनको भनाई छ ।

    बझाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन तर्फ ६३ हजार ४८९ मत खसेको थियो । प्रदेशसभा तर्फ प्रदेश ‘१’ का लागि ३२ हजार ८ सय ३३ मत खसेको थियो । भने ‘२’ मा ३० हजार ६५६ मत खसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend