logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • देशभर अझै २३५ जना कोरोनाको सक्रिय संक्रमित

    देशभर अझै २३५ जना कोरोनाको सक्रिय संक्रमित

    2.4K
    Shares
    देशभर अझै २३५ जना कोरोनाको सक्रिय संक्रमित

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको दर निकै कम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अद्यावधिक गरेको तथ्यांक अनुसार हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २ सय ३५ रहेको छ ।

    यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १६ सय ५२ जनाको परीक्षण गरिएको थियो ।

    तीमध्ये ६१५ जनाको पीसीआर गर्दा छ जनामा तथा १ हजार ३७ जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा ३४ जना संक्रमणमुक्त समेत भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend