logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • भेरी नदीमा बगेर एक महिलाको मृत्यु

    भेरी नदीमा बगेर एक महिलाको मृत्यु

    4.2K
    Shares
    भेरी नदीमा बगेर एक महिलाको मृत्यु

    जाजरकोट । भेरी नदीमा पानी भर्ने क्रममा हिजो (मङ्गलबार) बेलुका चिप्लिएर नदीमा खस्दा एक महिला बेपत्ता भएकी थिइन् । भेरी नगरपालिका –१ रावतगाउँ निवासी ५२ वर्षीया दुर्पता खत्री नदीमा बगेर बेपत्ता भएकी हुन् ।

    नजिकै रहेको तरकारी बारीमा सिंचाइका लागि भेरी नदीबाट पानी बोकेर सिंचाइ गर्नका लागि पानी भर्ने क्रममा उनि नदीछेउमै चिप्लिएर बेपत्ता भएकी थिइन् ।

    बगेको केही समयपछि खोजतलास गर्ने क्रममा करिब १५ किलोमिटर टाढा भेरी नदीछेउमा उनको शव फेला परेको स्थानीयले बताएका छन् । मृतक खत्री स्थानीय दीपेन्द्र प्राथमिक विद्यालय रावत गाउँमा कार्यालय सहयोगी पदमा कार्यरत रहेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend