logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • सरकारले ल्याएको बजेट कार्यान्वयनको लागि सबैको सहकार्य आवश्यकः डा. वैकुण्ठ अर्याल

    सरकारले ल्याएको बजेट कार्यान्वयनको लागि सबैको सहकार्य आवश्यकः डा. वैकुण्ठ अर्याल

    2.6K
    Shares
    सरकारले ल्याएको बजेट कार्यान्वयनको लागि सबैको सहकार्य आवश्यकः डा. वैकुण्ठ अर्याल

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले पनि आफूले ७ पटक बजेट लेख्दा लेखेको बजेटको प्रभावकारी कार्यान्वयन नभएको बताए । उनले सरकारले ल्याएको बजेट कार्यान्वयनको लागि सबैको सहकार्य आवश्यक पर्ने बताए । उनले बजेट कार्यान्वयनको विषयमा सरकारी स्तरबाट पनि धेरै कमी कमजोरीहरु हुने गरेको बताए ।

    सचिव अर्यालले बजेट कार्यान्वयनमा निजी क्षेत्रको पनि महत्वपूर्ण भुमिका हुने भन्दै बजेट कार्यान्वयन गर्ने विषयमा सरकार र निजी क्षेत्रबीच सहकार्य नमिलेको बताए । उनले बजेट आउनु भन्दा अगाडि नै सबैसँग संवाद नभए राम्रो बजेट आउने तर कार्यान्वयनमा समस्या भइरहने बताए । उनले डिजिटल फेर्मवर्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ९५ प्रतिशत डिजिटल भएको बताए । उनले मन्त्रालयमा आफू र मन्त्रीलाई कागजमा तोक लगाउन छोडेको बताए । उनले डिजिटल प्रयोगको कारणले मन्त्रालयमा कागजातमा हुने खर्चमा ३७ प्रतिशतको गिरावट आएको बताए । उनले स्थापना भएका सबै स्टार्टअप उद्यम सतप्रतिशत सफल नहुने बताए । उनले तर सरकारले स्टार्टअप उद्यमको लागि आवश्यक नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताए ।

    यस्तै,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयनारायण ज्ञवालीले बजेट एकदमै सुस्त कार्यान्वयन भइरहेको बताए । उनले बजेटमा व्यवस्था भएका कार्यक्रमहरुका विषयमा सरकार निजी क्षेत्र खुला रुपमा संवाद गर्दा बजेट कार्यान्वयनमा दबाब गर्ने बताए । उनले बजेट कार्यान्वयनमा निजी क्षेत्रले पनि सहकार्य गरेरै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले पछिल्लो समय अन्य देशहरुमा कुल जीडीपीको १२ प्रतिशत विदेशी लगानी भित्रिने भएपनि नेपालमा कुल बजेटको ०.४ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको बताए । उनले विदेशी लगानी भित्र्याउनमा निजी क्षेत्रले पहल गर्न सुझाव दिए । उनले विदेशी देशहरुले लगानी गर्दा विभिन्न अर्थतन्त्रका सूचकहरु हेरेर लगानी गर्ने भएकाले अर्थतन्त्रका विभिन्न सूचकहरु बढाएर विदेशी लगानी ल्याउने वातावरण बनाउन आवश्यक रहेको बताए । नेपालमा साना तथा घरेलु उद्योगहरु धेरै रहेता पनि सरकारले टेक्नोलोजी दिन नसक्दा अझै प्रतिष्पर्धी बनाउन नसकेको बताए ।

    उनले चालु आर्थिक वर्षको पछिल्लो ४ महिनामा २ अर्ब २४ करोड बराबरको विदेशी लगानीमा बन्ने १९ वटा परियोजना स्वीकृत भएको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend