logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • ए डिभिजन लिग समयमै हुनेमा आशंका

    ए डिभिजन लिग समयमै हुनेमा आशंका

    2.8K
    Shares
    ए डिभिजन लिग समयमै हुनेमा आशंका

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग पुस २६ बाट आयोजना गर्ने निर्णय गरिसकेको छ । महिना दिन बाँकी रहेको अवस्थामा सहभागि हुने क्लवले अहिलेसम्म दर्ता गराएका छैनन् ।

    अघिल्लो संस्करणको वक्यौता रकम बाँकी रहेको अवस्थामा क्लवले सहभागिता जनाउन चाहिरहेका छैनन् । सहभागि हुने क्लवलाई एन्फाले पुस पहिलो साता भित्र क्लव दर्ता गराएर पहिलो किस्ताको तयारी खर्च लिन पत्राचार गरेपनि प्राविधिक हिसावमा भने क्लवहरु तयारी नपुगेको भन्दै चिन्तित छन् । यसले निर्धारित मितिमा नै लिग हुन्छ भन्नेमा अन्योलता भएको छ ।

    शहीद स्मारक ए डिभिजन लिग घोषित मितिमा नै गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लवलाई पत्राचार गरिसकेको छ । पुस पहिलो साता भित्र दर्ता गराए लिग तयारी खर्च दिने भनिए पनि क्लवले अघिल्लो संस्करणको लिगको वक्यौता रकम दिन माग राख्दै दर्तालाई विलम्व गरिरहेका छन् ।

    वक्यौता रकम नपाएको भन्दै केही साता अघि मात्र केही अधिकांश क्लवले एन्फामा रकम भुक्तानीको ज्ञापन पत्र बुझाएका थिए । तिनै मध्येको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फाबाट पठाएको पत्र अनुसार तयारी खर्च उपलब्ध गराएको अवस्थामा क्लव दर्ता गर्न तयार भएको बताए ।

    सधैँ लिग आयोजना गर्दा ठूलो मात्रामा रकम खर्च हुने गरेको र छुट्टयाएको रकम समयमा पाउन नसक्दा क्लव सञ्चालनमा समस्या भएको उनको भनाई छ ।

    उनले एन्फा र क्लवबीच डबल लिग, काठमाडौं भन्दा बाहिर लिग आयोजना र कम्तीमा पनि ६ महिना लिग सञ्चालनको अवधि निश्चित भएको खण्डमा मात्रै आफूहरु लिग खेल्न तयार भएको जानकारी दिए । अध्यक्ष तुलधारले तोकिएको मितिमा लिग हुन प्राविधिक हिसावमा कठिन हुने भएकाले लिग नहुनेमा क्लव चिन्तित भएको बताए ।

    एन्फाले भने निर्धारित मितिमा नै लिग सञ्चालनका लागि क्लव दर्ता गर्दै प्रक्रिया पूरा गरेर तयारी खर्च लिनका लागि आह्वान गरेको छ । एन्फाका महासचिव किरण राईले पुरानो वक्यौता भुक्तानीका लागि प्रक्रिया अगाडि बढीसकेको बताए । पुस पहिलो साता भित्र प्रक्रिया पूरा गरे क्लव दर्ता गरेर पहिलो किस्ताको रकम लिन राईले आग्रह गरे । यससँगै लिगको विषयमा रहेको अन्योलता हटेको महासचिव राईले जानकारी दिए ।

    पछिल्लो समय फुटबल गतिविधि नहुँदा खेलाडीहरु विकल्पका बाटो रोजिसकेका छन् । केही खेलाडी व्यवसायिक फुटबलका लागि विदेशीएका छन् भने केही खेलाडीले फरक विधामा भविष्य खोजिरहेका छन् । मोफसलमा आयोजना हुँदै आएका प्रतियोगिता पनि एन्फाको क्यालेण्डरमा आयोजना हुन मुस्किल भइरकेको छ ।

    क्लव र फुटबल संघको विवादले फुटबलको मेरुदण्ड मानिने लिग अहिले दुविधामा छ । फुटबल संघले निर्धारित समयमा नै लिग सञ्चालनको वाचा राखेपनि क्लवको मागले यसलाई दुविधामा पुर्‍याएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend