logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    2.2K
    Shares
    बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो । उक्त कम्पनीको आईपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

    कम्पनीले ५ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन खुला गरेको हो । यसअघि स्थानीयलाई निष्काशन खुला गर्दा बिक्री नभएको १ लाख ४ हजार कित्ता र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरी कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गरिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

    कूल निष्काशन मध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ताका लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् ।

    सर्वसाधारणका लागि छुट्याइएको शेयर ५१ हजार ५ सय २२ जनाले १०–१० कित्ताका दरले पाउने छन् । कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरी विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको उल्लेख गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend