logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको छ : अर्थमन्त्री शर्मा

    अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको छ : अर्थमन्त्री शर्मा

    2.8K
    Shares
    अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको छ : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको दाबी गरेका छन्। यसमा सरकार र राष्ट्र बैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले चुनौतीका कारण पहिल्याएर अघि बढ्नुपर्ने बताए ।

    ‘अर्थतन्त्र चुनौती आन्तरिक कारणले मात्रै आउँदैन,’ नेपाल आर्थिक पत्रकार संघको वाषिर्क साधारणसभा उद्द्दाटन गर्दै अर्थमन्त्री शर्माले भने,’आज राष्ट्रिय उत्पादन वृद्धिको आवश्यकता छ, सबैलाई आयत प्रतिस्थापन गर्नुपर्ने बोध गराउन आवश्यक छ । ‘

    आयात प्रतिस्थापन हुन नसक्दा भएका स्रोत साधन परिचालन हुन नसकेको उनले बताए ।

    ‘नीति निर्माण र त्यसको कार्यान्वयन क्षमता पनि आजको आवश्कता हो,’ अर्थमन्त्री शर्माले भने,’गुणात्मक विकास र पारदर्शिता आजको आवश्यकता हो ।’

    विगतको नीतिलाई निरन्तरता दिँदै निर्यात गर्ने सक्ने प्रतिस्पर्धात्मक वस्तुलाई नीतिगत रूपमा सुधार गर्दै जाने र प्रोत्साहन भइरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend