logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षीसँग समझदारी गर्न आवश्यकः उपमहासचिव रिमाल

    प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षीसँग समझदारी गर्न आवश्यकः उपमहासचिव रिमाल

    2.7K
    Shares
    प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षीसँग समझदारी गर्न आवश्यकः उपमहासचिव रिमाल

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् । प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भएपनि अन्य साझा पदहरुमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको बताएका हुन् ।

    उनले संवैधानिक निकायमा नियुक्ति गर्ने कुरामा नेपाली काँग्रेसले सोच्नुपर्ने बताए । उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरुमा विपक्षी दलसँग समझदारी गरेर अघि बढेमात्रै राजनीतिमा स्थिरता कायम हुने बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव रिमालले समझदारीका रुपमा अघि नबढे मुलुकमा अस्थिरता पैदा हुने पनि बताए । उनले गठबन्धनमा रहेका नेता र दलहरुले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने बताए ।

    उनले भने, ‘राज्य सत्ता सञ्चालनमा समझदारी हुनुुपर्दछ । प्रधानमन्त्री त अंकगणितले निर्देशित गर्छ । गठबन्धनको हिसावले तय हुन्छ । प्रधानमन्त्री बाहेक साझा पदहरुमा विपक्षी दलको समझदारी लिन आवश्यक छ । राष्ट्रपति भन्नुस्, उपराष्ट्रपति भन्नुस् । सभामुख, उपसभामुख भन्नुस् । राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष भन्नुस् । प्रदेश प्रमुख, सभामुख भन्नुस् । यी सबै चिजहरु साझा भुमिका निर्वाह गर्ने महत्वपूर्ण अंगहरु हुन् । त्यसपछि संवैधानिक निकायका धेरै कुराहरु पनि आउँछन् । यी सबै कुराहरुमा कसरी समझदारीमा अघि बढ्ने भन्ने कुरा चाहीँ गठबन्धनमा रहेका नेता, नेपाली काँग्रेसले सोच्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । सोचिएन भने अंक गणितले निर्धारण गर्नेकुरा हो गरिहाल्छ । त्यसमा हामीले धेरै टिप्पणी गर्न सक्दैनौं । तर त्यसले ल्याउने असमझदारीले चाहीँ मुलुकमा अस्थिरता आउँछ । यसले मुलुक हीत गर्दैन । राजनीतिप्रति वितृष्णा बढ्छ । त्यो नहोस् भन्ने हाम्रो चाहना हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend