logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुस्ः अर्थमन्त्री

    सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुस्ः अर्थमन्त्री

    2.5K
    Shares
    सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुस्ः अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रहरुले सरकारले आफूलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताएका छन् । बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको स्पष्ट पारे । उनले निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्वपूर्ण पाटोको रुपमा सोचेको बताए । अर्थमन्त्री शर्माले नीतिमा नै सरकार र निजी क्षेत्र बीचको सम्बन्धका बारेमा उल्लेख गरिएको भन्दै तत्काल परेका समस्याहरुमा समाधानका लागि छलफल गर्न सरकार तयार रहेको बताए । उनले मयानुसारको नीतिहरुको निर्माण गर्दै जान र नीतिहरु निर्माणमा लचकता अपनाउन सरकार तयार रहेको बताए ।

    उनले भने, ‘सरकारले निजी क्षेत्रले हामीलाई छुट्टै बुझ्छन् भन्ने सोच्नुभएको छ, त्यो होइन । त्यो बुझाइबाट अन्त्य हुन म आग्रह गर्छु । त्यो बुझाइ बिल्कुल छैन । हामीलाई अलग्गै हेर्नुपर्छ भन्न खोजेको हो भने छुट्टै कुरा हो । नत्र निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्वपूर्ण पाटो भन्ने सोचेको छ । नीतिमा पनि यो स्पष्ट व्यवस्था छ । हामीले फरक बुझेकै छैन । तत्काल परेका समस्याहरु खुला छौँ, छलफल गर्छौं, सुधार गर्नुपर्ने कुरामा सुधार गर्न तयार छौँ । समयानुसारको नीतिहरुको निर्माण गर्दै जानुपर्छ । नीतिहरु निर्माणमा लचकता हुनुपर्छ, सरकार लचकता अपनाउने कुरामा दृढ छ ।’

    अर्थमन्त्री शर्माले तिब्र आर्थिक विकासको जन चाहना आवश्यक्ता रहेको बताए । उनले अर्थतन्त्रलाई गुणात्मक रुपले विकास गर्नु चलायमान बनाउने चुनौती रहेपनि सरकार त्यसमा लागिपरेको बताए । उनले अर्थतन्त्रमा आउने समस्या र चुनौती आन्तरिक मात्र नभएको बताए । उनले अन्तर्राष्ट्रिय प्रभावका कारण पनि अर्थतन्त्रमा संकुचन भएको बताए । उनले उत्पादनलाई अझ बढी बिस्तार गरी निर्यातमुखी अर्थतन्त्रमा देशलाई लैजानुपर्ने बताए । अर्थमन्त्री शर्माले निर्यात गर्ने सबै वस्तुको उत्पादनमा प्राथमिकता दिन जरुरी रहेको पनि बताए । उनले नीति निर्माण राम्रा भएपनि नीतिहरुलाई परिणाममा लैजान कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यक्ता रहेको बताए । उनले नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेको बताए ।

    उनले भने, ‘आज तिब्र आर्थिक विकासको जन चाहना र संवैधानिक आवश्यक्ता छ । कार्यान्वयन क्षमताको बीचमा अन्तरबिरोध रहेको छ । त्यसलाई समाधान गर्ने अर्थतन्त्रलाई गुणात्मक रुपले विकास गर्नु चलायमान बनाउनु हो । राष्ट्रिय रुपमा उत्पादनको आज जो आवश्यक्ता छ, उत्पादनको आवश्यक्ता र आयात प्रतिस्थापनबीचको योजनाको महत्व बोध गर्ने र गराउने कुरा आजको आवश्यक्ता हो । यो कुरालाई स्थापित गर्नुपर्छ । आयात भइरहेको छ तर उत्पादनमुखी अर्थतन्त्रको आवश्यक्ताको बोध अझै भइरहेको छैन । जसका कारण हाम्रा धेरै श्रोत, साधनहरु प्रयोगबिहीन अवस्थामा छन् । त्यसको पूर्ण सञ्चालन हुन सकिरहेको छैन । नीति निर्माण राम्रा भएपनि त्यस नीतिहरु परिणाममा फेर्नका लागि कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यक्ता हो । त्यतातिर छलफल र बहस कम भएको छ । उत्पादनमुखी अर्थतन्त्रको नीतिगत रुपमा समस्या छैन, हामीले पछिल्लो परिस्थितिको नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेका छौँ । निर्यात गर्नसक्ने वस्तुहरुको प्राथमीकीकरण गरेर अघि बढ्न जरुरी छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend