logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • पुुसमा बजारमा तरलताको अभाव झनै बढ्छः गभर्नर अधिकारी

    पुुसमा बजारमा तरलताको अभाव झनै बढ्छः गभर्नर अधिकारी

    1.9K
    Shares
    पुुसमा बजारमा तरलताको अभाव झनै बढ्छः गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन् । बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले बजारमा अहिले तरलतामा केही सहज भइरहेपनि पुस महिनामा भने तरलतामा चुनौती आउने बताए । उनले तरलताको चुनौतीलाई समाधान कसरी गर्ने भन्ने बारमो राष्ट्र बैंक लागिपरेको बताए । गभर्नर अधिकारीले गत आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब बजरमा पठाएको बताए । राष्ट्र बैंकले आवश्यक कामहरु गरिरहेपनि अझै बजारमा सहजता भने भइनसकेको बताउनु भयो । उनले पछिल्ला केही दिनहरुमा रेमिट्यान्समा राम्रो भएकाले अहिले बजारमा तरलताको अभाव कम भएको बताए । तरलताको अभावलाई अझ सहज बनाउन बजारमा मनी रिसाइक्लिङको आवश्यक्ता हुने बताए । बैंकबाट लगेको ऋण केही न केही कोषमा तिरेको खण्डमा भने बजारमा तरलताको अभाव कम हुने बताए । उनले फाइनान्सियल क्षेत्रमा भएको विकृतिहरुलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्ने हो भने अर्थतन्त्रमा सुधार हुन नसक्ने बताए । उनले राष्ट्र बैंकले तरलता सहजता कम गर्दासमेत बजारमा सहजता नहुनु भनेको व्यापार घाटा भएको बताए ।

    उनले भने, ‘बजारमा तरलतामा केही सहजता भइरहेको छ । सधैँ सहजता रहँदैन । पुस हामीलाई चुनौति रहन्छ । यो साल पुसमा केही ट्याक्स सरकारको कोषमा पैसा आउँछ । क्यालेण्डर अनुसार पुस महिनामा ३० अर्बको इस्यु छ । यसको असर पुसमा पर्छ तर हामी कसरी तरलताको असरलाई सहज गर्छौं भन्नेकुरामा लागि परेका छौँ । राष्ट्र बैंकले तरलता सहजताको लागि गरेको प्रयास यहाँहरुले गहिरिएर हेर्नुभयो भने थाहा हुन्छ । गत वर्ष ९७ खर्ब एक वर्षमा मार्केटलाई राष्ट्र बैंकले दिएको छ । हामीले आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम गरिरहेका छौँ । तैपनि बजारमा त्यो खालको सहजता भइरहेको छैन । कारण भनेको बिओपी हो । पछिल्ला दिनमा राम्रो खालको रेमिट्यान्स इन्फ्लो पाइरहेका छौँ । जसको असर स्वरुप हामीलाई तरलतामा सहजता भएको छ । यसलाई अझै सहज बनाउन एक खालको रिसाइक्लिङ बजारमा हुन जरुरी छ । लगेको ऋण केही न केही कोषमा तिरिनुपर्छ तबमात्र तरलता सहज हुन्छ । बजारलाई हामी सहज बनाउँछौँ नै । तर बजारमा भएको अनुशासनहीन, फाइनान्सियल क्षेत्रमा भएको विकृतिहरुलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्यौँ भने कहिल्यै सुधार हुँदैन । झन गाह्रो पर्छ । त्यसकारण त्यस्ता विकृतिहरु समयमा नै चिर्नुपर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend