logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • ट्राफिक प्रहरीको विशेष चेकिङमा ८२ सवारीसाधन कारबाहीमा

    ट्राफिक प्रहरीको विशेष चेकिङमा ८२ सवारीसाधन कारबाहीमा

    2.3K
    Shares
    ट्राफिक प्रहरीको विशेष चेकिङमा ८२ सवारीसाधन कारबाहीमा

    काठमाडौँ । ट्राफिक प्रहरीको विशेष चेकिङका क्रममा आज अनावश्‍यक हर्न बजाउने ४२, अवस्था ठिक नभएका ३० र मापदण्डभन्दा बढी धूँवा फाल्ने १० ओटा गरी ८२ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन् ।

    काठमाडौँको किर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने ३० ओटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

    तालिम प्राप्त प्राविधिक सहितको टोलिद्वारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ‍ ३० ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

    सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा आज दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले किर्तिपुर क्षेत्रमा १ सय भन्दा बढी सवारी साधन चेकजाँच गरेको थियो ।

    त्यस्तै ललितपुरको सातदोबाटोमा आजै गरिएको विशेष चेकिङकै क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने १० ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सातदोबाटोमा ३४ ओटा सवारी साधनलाई चेक गर्दा १० ओटा कारवाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले कारबाहीका क्रममा लिएका कागजपत्र फिर्ता दिइने छ ।

    मापदण्डभन्दा बढी धूँवा फाल्ने तथा अवस्था ठिक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्नको लागी कारबाही अभियानलाई तिब्रता दिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए ।

    यसैगरी अनावश्‍यक रुपमा हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ४२ जना चालकलाई पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आजै ट्राफिक प्रहरीले कारवाही गरेको छ । पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारवाहीलाई थप तिव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । २०७४ वैशाख १ गते देखि काठमाडौँ उपत्यकामा हर्न निषेध गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend