logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रभु बैंकका अध्यक्ष सिटौलाद्धारा पदभार ग्रहण

    प्रभु बैंकका अध्यक्ष सिटौलाद्धारा पदभार ग्रहण

    2.9K
    Shares
    प्रभु बैंकका अध्यक्ष सिटौलाद्धारा पदभार ग्रहण

    काठमाडौं । प्रभु बैंक लि. का सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले पदभार ग्रहण गरेका छन् । सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिएसँगै आजै बैंकको सञ्चालक समितिको २८०औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।

    बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनी पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका थिए ।

    त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका उनले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगालेका छन् । नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका उनले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए । उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि विकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend