logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • महिला क्रिकेट : एपिएफको लगातार दोस्रो जित

    महिला क्रिकेट : एपिएफको लगातार दोस्रो जित

    3.1K
    Shares
    महिला क्रिकेट : एपिएफको लगातार दोस्रो जित

    इटहरी । वागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै विभागीय टोली एपिएफले इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

    साविक विजेता एपिएफले इटहरीको जनता क्रिकेट पार्कमा आईतवार सम्पन्न पहिलो खेलमा वागमती प्रदेशलाई ५३ रनले पराजित गर्दैै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

    यसअघि एपिएफले गण्डकी प्रदेशमाथि सात विकेटको जित निकाल्दा वागमती सुदूरपश्चिम प्रदेशसँग ३३ रनले पराजित भएको थियो । यस जितसँगै समूह ‘ए’ को एपिएफले दुई खेलमा चार अंक जोड्दा वागमतीले लगातार दोस्रो हार व्यहोरेको छ ।

    एपिएफले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य पछ्याएको वागमतीले पूरै २० ओभरमा नौ विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो । वागमतीका लागि हेलिशा गुरुङले सर्वाधिक २२, सोनी पाख्रिनले १३, कञ्चन श्रेष्ठले ११ र कप्तान अस्मिना कर्माचार्यले १० रन जोडे । बलिङतर्फ एपिएफका लागि निशा भट्टले तीन, कप्तान सीता राना मगरले दुई तथा रेखा रावलले एक विकेट निकाले ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रनको योगफल बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले सर्वाधिक ३८, सीता राना मगरले ३६,नेरी थापाले अविजित १९ र ज्योती पाण्डेले १५ रनको पारी खेले । बलिङतर्फ वागमतीमका लागि अस्मिना कर्माचार्य, सोनी पाख्रिन, मनिषा उपाध्याय र खुसी डंगोलले समान एक/एक विकेट लिए ।

    आईतवार नै भएको अर्को खेलमा मधेस प्रदेशले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्दै जारी प्रतियोगितामा पहिलो जित निकालेको छ । यस जितसँगै समूह ‘बी’ को मधेसले दुई खेलमा दुई अंक जोड्दा कर्णालीले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा मधेसले प्रदेश १ सँग ९ विकेट तथा कर्णाली लुम्बिनी प्रदेशसँग ९८ रनले पराजित भएको थियो ।

    कर्णालीले प्रस्तुत गरेको ८० रनको लक्ष्य मधेसले १०.२ ओभरमा दुई विकेट गुमाउँदै भेट्टाउन सफल भएको थियो । मधेसका लागि अनुराधा चौधरीले अविजित ३८ रन जोड्दा प्रतिमा साह १८ रनमा अविजित रहेकी थिइन् । तेस्रो विकेटका लागि अनुराधा र प्रतिमाले अविजित ७० रनको साझेदारी गरेपनि अन्यले भने राम्रो स्कोर बनाउन सकेनन् । बलिङमा कर्णालीका लागि दुवै विकेट कप्तान बिना थापाले निकालेकी थिइन् ।

    यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनको योगफल बनाएको थियो । तिर्सना विश्वकर्माले सर्वाधिक १५ रनको पारी खेल्दा किरण कुँवर र अञ्जु गुरुङले समान १३ रन बनाएर पवेलिय फर्किएका थिए । मधेसका लागि भूमि सिंहले चार तथा अमिरन निशाले दुई विकेट लिए ।प्रतियोगितामा सोमवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल प्रदेश १ र लुम्बिनी प्रदेश तथा दोस्रोमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend