logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • अल स्टार्सविरुद्ध पीएसजीको जित, मेसी र रोनाल्डो दुबैको गोल

    अल स्टार्सविरुद्ध पीएसजीको जित, मेसी र रोनाल्डो दुबैको गोल

    4.2K
    Shares
    अल स्टार्सविरुद्ध पीएसजीको जित, मेसी र रोनाल्डो दुबैको गोल

    काठमडौं । विश्वफुटबलको स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५–४ ले हराएको छ ।

    पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए । रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे ।

    खेलको पहिलोे हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सिमित बनेको थियो । फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ । टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend