logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • बाजुरामा गएको भूकम्पका कारण एक जनाको मृत्यु (अपडेट)

    बाजुरामा गएको भूकम्पका कारण एक जनाको मृत्यु (अपडेट)

    2.4K
    Shares
    बाजुरामा गएको भूकम्पका कारण एक जनाको मृत्यु (अपडेट)

    बाजुरा । आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प जाँदा एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्पका कारण माथिबाट खसेको ढुंगाले लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

    आज अपराह्न २:४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए । प्रदेशको राजधानी धनगढीमा पनि भूकम्पको ठूलो झट्का महसुस गरिएको थियो ।

    सुर्खेतस्थित भूकम्पमापन केन्द्रका सूचना अधिकारी तीर्थराज दाहालले आज अपराह्न २:४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको ५.९ म्याग्निच्युटको भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्काबाट पुगेको क्षतिको बिस्तृत विवरण अझै आएको छैन । बाजुराभर थुप्रै घरहरु आंशिक रुपमा क्षति भएको पाइएको छ तर प्रहरीले यसको आधिकारीक पुष्टि गरेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend