logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • अवसर खोज्दै विदेश पलायन नहुन खेलाडीलाई एन्फा महासचिवकाे आग्रह

    अवसर खोज्दै विदेश पलायन नहुन खेलाडीलाई एन्फा महासचिवकाे आग्रह

    2.2K
    Shares

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खेलाडीलाई अवसर खोज्दै विदेश पलायन नहुनका लागि खेलाडी समक्ष आग्रह गरेका छन् ।

    एक महिनापछि आयोजना हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राईले चर्चित खेलाडी देशभित्र फुटबल गतिविधि नभएर बाहिरिनु दुखद् भएको र आगामी वर्ष देखी खेलाडीलाई व्यस्त गराउने तालिका एन्फाले बनाएको भन्दै विदेश पलायन नहुन आग्रह गरे ।

    खेलाडीको जीविकोपार्जनको निश्चिततासँगै एन्फाले कार्यक्रम बनाएको र भविष्य खोज्न विदेश नरोज्नका लागि खेलाडीलाई अनुरोध गरे । महासचिव राईले एन्फाको राजनीति एकतरिकाले चलिरहे पनि अर्को तरिकाले फुटबल गतिविधि नरोकीने भन्दै खेलाडीलाई फुटबलमा जोडिन अनुरोध गरे ।

    ए डिभिजन लिगको तयारी ५० प्रतिशत सकियो

    महासचिव राईले एक महिनापछि आयोजना हुन लागेको लिगको तयारी ५० प्रतिशत पुगेको र ५० प्रतिशत प्राविधिक काम बाँकी रहेको जानकारी दिए । मुख्य प्रायोजकको रुपमा कतार एयरवेजसँग छलफल भइरहेको भएपनि राईले लिगको एक महिने काउन्ट डाउन शुरु भएको र केही प्राविधिक काम बाँकी रहेको जानकारी दिँदै ५० प्रतिशत तयारी सकिएको बताए ।

    फागुन १९ गतेदेखि आयोजना हुने शहीद स्मारक ए डिभिजन लिग यो संस्करण तीन मैदानमा आयोजना हुनेछन् । एन्फाले यसपछि डबल राउण्ड रोबिनको आधारमा सञ्चालन गर्ने यसअघि नै जानकारी दिएको छ ।

    लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुँदैछन् र मैदान मर्मतको काममा एन्फामा जुटिरहेको छ । तयारी सम्बन्धमा आयोजना भएको पत्रकार सम्मेलनमा एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले विश्वभर लिगको तालिका पहिले नै सार्वजनिक गर्ने प्रावधान भएपनि पहिलो पाँचौं चरणको खेल तालिका सार्वजनिक भइसकेको बताए ।

    पाँचौ चरणको खेलपछि फिफा र राष्ट्रिय टोलीका विभिन्न मैत्रिपूर्ण खेल भएकाले बाँकी तालिका सार्वजनिक नगरेको बताए । यद्यपि मिश्रले क्लवहरुलाई तालिका प्रदान गरिसेको जानकारी दिए।

    लिगका लागि १४ वटै क्लवले नाम दर्ता गराईसकेको एन्फाले जनाएको छ । यस्तै सबै क्लवले तयारी खर्चको पहिलो किस्ता १५ लाख लिएको एन्फाले जनाएको छ । एन्फाले लिगको तयारीका लागि ए डिभिजनका प्रत्येक क्लवलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । डबल राउण्ड रोबिन लिग प्राणालिमा आयोजना हुने लिगको विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

    यस्तै फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्‍याएको छ भने मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

    प्रत्येक खेलको विजेता क्लवले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend