logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

    माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

    2.4K
    Shares
    माधव नेपाल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । उनीहरूबीच नेपाल निवास कोटेश्वरमा आज बिहान भेटवार्ता भएको हो ।

    भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । सोमबार बिहान काठमाडौं आइपुगेका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेट गरेका थिए ।

    क्वात्रा आजै फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend