logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • अस्ट्रेलियामा चार वर्षपछि नेपाल महोत्सव

    अस्ट्रेलियामा चार वर्षपछि नेपाल महोत्सव

    2K
    Shares
    अस्ट्रेलियामा चार वर्षपछि नेपाल महोत्सव

    अस्ट्रेलिया । अस्ट्रेलियामा यही मार्च १८ तारिख नेपाल महोत्सव आयोजना हुने भएको छ । एनआरएनएले नेपाली परम्परा, कलासंस्कृति, पर्यटनलगायत प्रवर्द्धनका लागि नेपाल महोत्सवको आयोजना गर्दै आएको छ ।
    ४ वर्षपछि हुन लागेको यो वर्षको नेपाल महोत्सवमा दक्षिण अस्ट्रेलियाका प्रिमियर प्रमुख अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

    दक्षिण अस्ट्रेलियास्थित एनआरएनएले एक पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी गराएको हो । नेपाल महोत्सवको तयारी तीव्र रुपमा अघि बढिरहेको जानकारी दिँदै एनआरएनएकी उपाध्यक्ष तथा दक्षिण अस्ट्रेलियाकी संयोजक रेणुका लामाले करिब २० हजारभन्दा बढीले अवलोकन गर्ने बताइन् ।

    महोत्सवमा नेपाल कलासंस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बिहान मुख्य सहरबाट करिब ३ किलोमिटर प्रभातफेरीको आयोजना हुनेछ भने महोत्सवस्थलमा नेपाल हाउसको स्थापना गरिनेछ । पहिलोपटक महोत्सव समापनसँगै आतिसबाजीसमेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    हरेक दुई वर्षमा आयोजना हुने नेपाल महोत्सव कोभिडका कारण दक्षिण अस्ट्रेलियामा ४ वर्षपछि हुन लागेको हो । महोत्सव यस वर्ष दक्षिण अस्ट्रेलियाकै प्रमुख र पर्यटकका लागि आकर्षक गन्तव्य मानिने एल्डर्स पार्कमा हुन लागेको छ । लामाले महोत्सवमा पहिलोपटक राज्यका प्रिमियर पिटर मालनास्कस प्रमुख अतिथिको रुपमा सहभागी हुने जानकारी दिईन्।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend