logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना

    अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना

    2.2K
    Shares
    अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना

    काठमाडौं । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए) ले जनाएको छ ।

    दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र निजको परिवारका एक जना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण स्पष्ट भएको छैन ।

    निरन्तरको हिमपात र आँधीका कारण अमेरिकाका धेरै राज्यको जनजीवन कष्टकर बनेको छ । क्यालिफोर्निया पनि हिमपात र आँधीबाट प्रभावित भएको छ । शनिबार साझसम्म क्यालिफोर्निया राज्यका करिब एक लाख सर्वसाधारण बिजुलीविहीन थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend