logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • सडक सुरक्षा सचेतता कार्यक्रममा ६८२ जना चालक सहभागी

    सडक सुरक्षा सचेतता कार्यक्रममा ६८२ जना चालक सहभागी

    3K
    Shares
    सडक सुरक्षा सचेतता कार्यक्रममा ६८२ जना चालक सहभागी

     

    काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सोमबार सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ६८२ जना चालकहरू सहभागी भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्न चेतनामूलक कार्यक्रम गरिएको बताएका छन् ।

    ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय अभावलाई मध्येनजर गरी चेतनामूलक कार्यक्रम गरिएको पनि उनले बताए ।

    सोमबार गरिएको कार्यक्रममा नयाँबसपार्क क्षेत्रमा १५० जना,बौद्दमा ११९ जना,नागढुङ्गामा ९२ जना, न्युरोडमा ७० जना, सुकेधारामा ६० जना, सोह्रखुट्टे र स्वयम्भूमा ५०/५० जना, कपनमा ३० जना, बुढानिलकण्ठमा २५ जना, कीर्तिपुरमा २२, काँडाघारीमा ९ जना, थानकोटमा ३ जनार भैंसेपाटी क्षेत्रमा २ जना गरी काठमाडौं उपत्यकामा ६८२ जना चालकहरूलाई ट्राफिक नियम र सडक सुरक्षाका बारेमा जानकारी गराइएको थियो ।

    कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो । यस्तै तिव्र गति, आरक्षण सिट, रातो बत्ती, फुटपाथ पार्किङ, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानूनका बारेमा पनि सजग गराइएको थियो ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियाननै चलाएर चालक सहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको समेत प्रवक्ता भट्टले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend