logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • राष्ट्रपतिका उम्मेदवार नेम्वाङ मत माग्न व्यस्त, जनमत पार्टीका अध्यक्ष राउतसँग मागे भोट

    राष्ट्रपतिका उम्मेदवार नेम्वाङ मत माग्न व्यस्त, जनमत पार्टीका अध्यक्ष राउतसँग मागे भोट

    1.8K
    Shares
    राष्ट्रपतिका उम्मेदवार नेम्वाङ मत माग्न व्यस्त, जनमत पार्टीका अध्यक्ष राउतसँग मागे भोट

    काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलाई भेटेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

    शुक्रबार पार्टीका नेताहरुसहित काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पुगेर नेम्वाङले अध्यक्ष राउतसँग भेटगरी राष्ट्रपतिका लागि आफू उपयुक्त पात्र भएको उल्लेख गर्दै मत दिन अनुरोध गरेका हुन् ।

    राष्ट्रपतिमा नेम्वाङ उपयुक्त पात्र भएकाले आफूहरुको पनि सद्भाव र शुभकामना रहेको अध्यक्ष राउतले बताएको भेटमा सहभागी एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

    गुरुङका अनुसार राउतले जनमत पार्टीलाई मूल धारमा ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेम्वाङको प्रशंसा गरेका थिए । एमालेका नेताहरुले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए ।

    यता, जनमत पार्टीका अध्यक्ष राउतले भने आफूहरुले आन्तरिक छलफल गरेर मात्रै जवाफ दिने एमाले नेताहरुलाई बताएका छन् । संविधान जारी गर्ने बेलामा नेतृत्वदायी भूमिका निर्वाह गरेकाले त्यसको संरक्षण गर्न पनि राष्ट्रपतिको रुपमा राम्रो भूमिका निर्वाह गर्न सक्छु भनेर नेम्वाङले मत मागेको र आफूले पार्टी भित्र छलफल गरेर जवाफ दिने कुरा गरेको उनले बताए ।

    अध्यक्ष राउतले भने, ‘अव राष्ट्रपतिमा उहाँले उम्मेदवारी दिनु भएको छ । त्यही मत माग्नका लागि उहाँ आउनु भएको थियो । त्यस विषयमा आफ्नो योगदानको उल्लेख गर्दै संविधान जारी गर्दाको बेलाका योगदान उल्लेख गर्दै,संविधानको संरक्षणमा पनि राम्रो भूमिका निर्वाह गर्न सक्नु हुन्छ भनेर कुरा बताउँदै उहाँले मत माग्नु भएको हो । हामीले पनि अव छलफल राख्छौं । अनि मात्रै जवाफ दिन्छौं भनेर अहिले भनेका छौं ।’

    यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनका लागि काँग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई माओवादी केन्द्रसहितका ८ राजनीतिक दलहरुको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend