logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

    2.1K
    Shares
    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

    धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। आइतबार दिउँसो बसेको प्रदेश सभा बैठकमा शाहले विश्वासको मत लिएका थिए।

    मतदानमा ५२ जना सांसद सहभागी भएका थिए। त्यसमध्ये शाहले ४१ मत पाए। उनको विपक्षमा ११ मत पर्‍यो।

    ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) ४ जना र राप्रपा र स्वतन्त्र १–१ सांसद छन्। शाहलाई कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिएका हुन्।

    प्रदेश सभामा एमालेका १० सांसद छन्। शाहलाई एमाले र राप्रपाका सांसदहरूले मत दिएनन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend