logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • बागलुङमा सामाजिक विकाससँग जोडिएका भवन बन्दै

    बागलुङमा सामाजिक विकाससँग जोडिएका भवन बन्दै

    1.5K
    Shares
    बागलुङमा सामाजिक विकाससँग जोडिएका भवन बन्दै

    बागलुङ । बागलुङमा चालु आर्थिक वर्षमा ८० वटा सामुदायिक भवन निर्माण हुने भएका छन् । चालु आवमा सम्पन्न गर्नेगरी सामाजिक सङ्घसंस्था, मठमन्दिर तथा विद्यालय भवन निर्माण थालिएको हो ।

    जिल्लाका दशवटै पालिकामा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक विकास कार्यालयको समन्वयमा ती भवन निर्माण थालिएको कार्यालय प्रमुख डम्मरबहादुर जिसीले जानकारी दिए । उनका अनुसार रू छ करोड ७० लाखको लागतमा भवन निर्माण थालिएको छ । हालसम्म विनियोजितमध्ये ६० भवनको योजना सम्झौता भइसकेको जिसीले बताए । फागुन मसान्तसम्म बाँकी योजना सम्झौताका लागि समय उपलब्ध गराइएको छ ।

    सानो बजेटबाट समुदायको बाक्लो उपस्थिति हुने ठाउँमा योजना छनोट गरिएको उनले बताए । जिसीले भने, “अघिल्लो वर्षको तुलनामा यस वर्ष मठमन्दिर बनाउने योजना धेरै छन् । साथै अन्य सामुदायिक भवन र विद्यालय भवनका योजना पनि छन् ।”

    प्रदेशमा समाजिक विकास मन्त्रालयले विनियोजन गरेका योजना पालिकाले कार्यान्वयन गर्ने बताउँदै नागरिकको माग र जनप्रतिनिधिले छनोट गरेअनुसार बजेट विनियोजन हुने गरेको उनले बताए ।

    बागलुङ नगरपालिकाको बानपामा सबैभन्दा धेरै २१ भवन बनाइँदै छ । रू दुई करोड १० लाख लागतमा मानवअधिकार, एकल महिला समूह, आमासमूह, सामुदायिक प्रहरीको भवन बन्दैछ । साथै मन्दिर मर्मत र पुनःनिर्माणका योजना पनि छन् । त्यस्तै बरेङ र तमानखोला गाउँपालिकामा सबैभन्दा कम तीन/तीन भवनको योजना छ । यसका लागि रू २० लाखका दरले रकम विनियोजन गरिएको छ । तमानखोलामा दुई सामुदायिक भवन र एक मन्दिर निर्माण हुँदैछ भने बरेङमा मन्दिर तथा विद्यालयको पर्खाल निर्माण गरिनेछ ।

    जिल्लाको जैमिनीमा छ योजनाका लागि रू ४५ लाख, ढोरपाटनमा आठ योजनाका लागि रू ४५ लाख, गलकोटमा आठ योजनाका लागि रू ६० लाख, काठेखोलामा १२ योजनाका लागि रू एक करोड ५२ लाख, ताराखोलामा सात योजनाका लागि रू ५५ लाख, बडीगाडमा आठ योजनाका लागि रू ५५ लाख र निसीखोलामा चार योजनाका लागि रू २५ लाख विनियोजन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख जिसीले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend