logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

    ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

    3.1K
    Shares
    ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ ।

    आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै चाँदीको मूल्य आज ४० रुपैया घटेको छ । आज चाँदी तोलाको एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend