logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् नतिजा

    आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् नतिजा

    2.2K
    Shares
    आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् नतिजा

     

    काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आज आइतार साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ । कम्पनीले फागुन ११ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको थियो ।

    उक्त अवधिमा १ लाख ६९ हजार ७६५ कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओमा करिब १५ लाख ३८ हजार जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ३०२ जनाको आवेदन रद्द भएको थियो ।

    कम्पनीले बिक्री खुलाएको भन्दा धेरै आवेदन परेपनि ‘लक्कि ड्र’मार्फत सेयर बाँडफाँट गरिएको थियो । जसअनुसार करिब १६ हजार ९७६ जनाले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् ।

    यसरी हेर्नुस् नतिजा

    सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडकाे वेबसाइट, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइट र मेराे सेयरबाट नतिजा हेर्न सकिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend