logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • नेप्से परिसूचक सबै उपसमूह ओरालो

    नेप्से परिसूचक सबै उपसमूह ओरालो

    2.9K
    Shares
    नेप्से परिसूचक सबै उपसमूह ओरालो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्स परिसूचक १.३४ प्रतिशतले घटेको छ । यस दिन नेप्से २६.८० प्रतिशतले घटेर १९७५.८९ को विन्दुमा पुगेको छ । गएको बिहीबार नेप्से ५० अंकले बढेको थियो ।

    आइतबार २६० कम्पनीको एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५१० रुपैयाँ बराबरको ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    यस दिन १३ मध्ये सबै उपसमूहको समूहगत परिसूचक पनि ओरालो लागेको छ । बैंकिङ समूहको सर्वाधिक १.७१ प्रतिशतले घटेको छ ।

    सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले घटेर ३७३.९० को विन्दुमा झरेको छ ।

    यस दिन शुभम् हाइड्रोपावर लिमेटेडको सेयर मूल्य सार्वधिक ९.९८ प्रतिशतले बढेको छ । गुडविल फाइनान्स लिमिटेड डिभेन्चरको सेयर मूल्य ६.५५ प्रतिशतले घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend