logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • चैत दोस्रो साता चौथो संस्करणको वीर गणेशमान सिंह बक्सिङ प्रतियोगिता हुने

    चैत दोस्रो साता चौथो संस्करणको वीर गणेशमान सिंह बक्सिङ प्रतियोगिता हुने

    1.8K
    Shares
    चैत दोस्रो साता चौथो संस्करणको वीर गणेशमान सिंह बक्सिङ प्रतियोगिता हुने

    काठमाडौं । चैत दोस्रो साता चौथो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत तेस्रो साता बक्सिङ प्रतियोगिता हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले काठमाडौंमा सोमवार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्तरको दुई प्रतियोगिताका लागि मिति सार्वजनिक गरेको हो ।

    स्पोर्ट्स कमिटीले वीर गणेशमान सिंह चौथो संस्करणको १० के रोड रेस चैता ११ गते र बक्सिङ चैत २१ देखि २५ गतेसम्म आयोजना गर्ने जनाएको हो । रोड रेस दरबारमार्गस्थित शेर्पा मलबाट सुरु हुनेछ । रोड रेसमा महिला र पुरुषतर्फ गरी दुवै स्पर्धामा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा खेलाडीले सहभागिता संख्या भने अर्को पत्रकार सम्मेलनमा जानकारी दिने आयोजकले जानकारी दियो ।

    प्रतियोगिताको विजेताले महिला पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार पाउनेछन् । चौथोले १० हजार र पाँचौंले ५ हजार पाउनेछन् । यस्तै रोड रेसमा कीर्तिमान बनाउनेले १० हजार पाउनेछन् ।

    यस्तै चैत २१ देखि २५ सम्म बक्सिङ प्रतियोगिता आयोजना हुने जनाएको छ । वसन्तपुर डबलीमा आयोजना हुने बक्सिङमा महिला र पुरुष गरी ६÷६ तौल समूहमा प्रतिष्पर्धा हुने आयोजकले जानकारी दियो । बक्सिङमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले समान ७ हजार ५ सय पाउने छन् । प्रतियोगिताको खर्च ४५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend