logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • सहिद स्मारक लिग ए डिभिजन : दोस्रो जितसँगै खुमलटार चौथोमा

    सहिद स्मारक लिग ए डिभिजन : दोस्रो जितसँगै खुमलटार चौथोमा

    2.9K
    Shares
    सहिद स्मारक लिग ए डिभिजन : दोस्रो जितसँगै खुमलटार चौथोमा

    काठमाडौँ । सहिद स्मारक लिग ए डिभिजन ( ०७९–०८०) अन्तर्गत खुमलटारले हिमालयन शेर्पालाई सोमबार भएको खेलमा २–१ ले हराएको छ । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एक–एक गोल गरे ।

    मनीषले २२ औं मिनेटमा गोल गरेपछि समीरले ६५ औं मिनेटमा अर्को गोल थपे ।

    यस्तै, हिमालयनका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए । यो गोल ८० औं मिनेटमा सम्भव भएको थियो । यो जितपछि माथिल्लो डिभिजनमा डेब्यु गरिरहेको खुमलटारको चार खेलबाट ६ अंक भएको छ र चौथो स्थानमा उक्लिन सफल रह्यो । हिमालयन शेर्पा भने चार अंकमै सीमित रह्यो र दसौं स्थानमा झरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend