logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • ए डिभिजन लिगमा आज तीन खेल

    ए डिभिजन लिगमा आज तीन खेल

    1.6K
    Shares
    ए डिभिजन लिगमा आज तीन खेल

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मंगलबार तीन खेल हुँदैछ।

    लिगको चौथो चरणअन्तर्गत आज दुई खेल दशरथ रंगशाला र एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

    एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा छ भने संकटा तीन खेलबाट ४ अंक जोडेर आठौँ स्थानमा छ।

    यस्तै सोही समयमा दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा छ भने फ्रेण्ड्स तीन खेलमा १ अंक जोडेर १२ औँ स्थानमा छ।

    दशरथ रंगशालामै साँझ साढे ५ बजे मछिन्द्र र नेपाल पुलिस भिड्ने छन्। दुवै टोलीलाई पहिलो जित निकाल्ने दबाब छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend